बामपन्थी दल सडकमा, एमसीसीविरुद्धको संघर्ष निर्णायक मोडमा

२०७८, ८ फाल्गुन आईतवार १०:१०

काठमाडौं: संघीय संसद्‍मा प्रतिनिधित्व गर्ने राष्ट्रिय जनमोर्चा नेपालसहित साना ६ घटक बामपन्थी दलले एमसीसीविरुद्धको सडक संघर्ष निर्णायक मोडमा पुगेको भन्दै सडक आन्दोलनलाई आज पनि निरन्तरता दिने भएका छन् ।

चित्रबहादुर केसी नेतृत्वको राजमो नेपालसहित मोहन वैद्य किरणको नेकपा (क्रान्तिकारी माओवादी) र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित साना बामपन्थी दलले एमसीसीविरुद्धको आन्दोलन निर्णायक मोडमा पुगेको भन्दै सडक आन्दोललाई निरन्तरता दिने भएका हुन् ।

‘नेपाली जनताको एमसीसीविरुद्धको संघर्ष गम्भीर मोडमा पुगेको निष्कर्ष बैठकले निकालेको छ’ भन्ने उल्लेख गर्दै साना बामपन्थी दलले अमेरिकन राजदुत र्यान्डी बेरीको टविट, चीनका बिदेश विभागको पत्रकार सम्मेलनवाट ब्यक्त धारणा र देउवा सरकारको एमसीसी संसदमा टेबुल गनगरी पारित गराउने अन्तिम कसरतले उक्त विषयलाई पुष्टि गरेको साना बामपन्थी दलको निष्कर्ष रहेको छ ।

काठमाडौं उपत्यकामा माइतिघर मण्डलावाट विरोध प्रदर्शनसहित नयाँ वानेश्वरस्थित संसद् भवन घेराउ गर्ने देखी देशव्यापीरूपमा सवै जिल्लामा जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने कार्यक्रम तय गरेको छ । जसअनुसार आज साना बामपन्थी दलले देशैभरी विरोध प्रदर्शन गर्नेछन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु