सिरहा: सिरहाको कर्जन्हा नगरपालिका मेयरमा एमालेका भोलाप्रसाद पोखरेल र उपप्रमुखमा जनता समाजवादी पार्टीकी लक्ष्मी कुमारी श्रेष्ठ निर्वाचित भएका छन् । पोखरेलले ३ हजार ८ सय ३९ मत प्राप्त गरी विजयी भएका हुन् ।
पोखरेलका निकटतम प्रतिस्पर्धी जसपाका केशव प्रसाद साहले ३ हजार २ सय २३ मत प्राप्त गरे । त्यसैगरी उपप्रमुखमा जसपाका लक्ष्मीकुमारी श्रेष्ठले ३ हजार ४ सय ८७ मत प्राप्त गरी विजयी भइन् । उनका निकटतम प्रतिस्पर्धी एमालेकी निर्मला कुमारी देवी पासवानले ३ हजार ९५ मत प्राप्त गरिन् । ११ वडा रहेको कर्जन्हा नगरपालिकामा ५ वडामा एमाले, ३ वडामा जसपा, एक/एक वडामा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र निर्वाचित भएका छन् ।