जिल्लामा थाम्नसक्ने अवस्था छैन, यहाँ जे गर्ने हो गर्नुहोस्

२०७९, ६ बैशाख मंगलवार १६:१३

काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चितवन जिल्लालाई निर्णय सच्याउन आग्रह गरेका छन् ।
चितवनका जिल्ला सभापति राजेश्वर खनाललाई सोमबार प्रधानमन्त्री देउवाले बालुवाटार बोलाएर भरतपुर माओवादीलाई दिनुपर्ने भएकाले जिल्लाको निर्णय सच्याउन भनेका थिए ।

चितवन जिल्लाले महानगरमा आफ्नै उमेदवार अघि सार्ने निर्णय गर्दै उमेदवारहरुको नामावली पनि सिफारिस गरिसकेको छ ।
“उहाँले बोलाउनुभयो, पार्टी सभापतिले बोलाएपछि म नआउने कुरा भएन । मैले महानगरपालिका र जिल्ला कार्यसमितिको निर्णय र चितवन कांग्रेसको धारणा स्पष्टसँग राखेँ । उहाँले तपाईंहरुको निर्णय बदल्नुप¥यो भन्नुभयो । तालमेल गर्ने भनेपछि सबै आफैंले मात्रै लिने भन्ने हुँदैन भन्नुभयो । मैले जवाफमा कार्यकर्ताको भावनाविपरीत मैले निर्णय गर्न सक्दिनँ भनेँ ।”

सभापति देउवाले चितवन, काठमाडौं र विराटनगरमध्ये एक माओवादीलाई दिनुपर्ने भएकाले चितवन दिनुपर्ने अवस्था आएको बताएका थिए ।
“माथिल्लो निकायले निर्णय गरेपछि तल्लो निकायको स्वतः खारेज हुन्छ, तपाईंहरुले यहीँबाट जे निर्णय गर्ने हो गर्नुहोस्, चितवनबाट हुँदैन भनिदिएँ,” उनले भने,“केन्द्रीय समितिको निर्णय मान्ने मेरो दायित्व हो मैले मान्छु । तर जिल्ला सभापतिको रुपमा एक्लै जिल्लामा थाम्न सक्ने अवस्था छैन भनेर भनेँ । बेलुकासम्म निर्णय आउँछ मान्न तयार हुनुहोला भन्नुभयो । मैले सक्दिन भन्दै बिदा भएँ ।”

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु