अब युक्रेनका गाउँमा बुढापाका मात्रै बाँकी

२०७९, ६ बैशाख मंगलवार ०७:२४

किभ: युक्रेनको पूर्वी दोन्बास क्षेत्रको सेर्हिभ्का गाउँमा अहिले युवाहरूको उपस्थिति करिब शून्य स्थितिमा रहेको छ । अहिले त्यहाँ करिब १ हजार ५०० मानिस बाँकी रहेका छन् । गाउँको मध्य भागमा आइतबारसम्म पनि टन्न मानिस थिए ।
तर युद्धको अग्रमोर्चादेखि करिब ५० किलोमिटर मात्र टाढा रहेको यस गाउँको पूर्व र दक्षिण भाग मानव सङ्ख्या शून्य अवस्थामा पुग्न लागेको छ । त्यहाँ बाँकी रहेका करिब ३०० मानिसमध्ये अधिकांश वृद्धवृद्धा छन् ।

राइफल भिरेका, भूभाग प्रतिरक्षा एकाइका एक सदस्य ५९ मिकोला लुहिनेत्स भन्छन्, “मैले यही बसेर जीवन बिताइसकेको छु । म सेर्हिभ्कामा बसेर नै आवश्यक परेको खण्डमा यसको प्रतिरक्षा गर्नेछु ।”
युक्रेनका विभिन्न भागबाट भइरहको जनसङ्ख्या पलायनलाई विश्लेषण गर्ने हो भने युवाहरू सुरक्षित स्थानको खोजिमा जाने र बुढापाकाहरू मत्र जहाँको त्यही रहने गरेको देखिएको छ ।

यस गाउँका प्रमुख व्यक्ति भ्यालेरी दुहेल्निले भनेका छन्, “बुढापाकालाई बाटो छिचोल्न कठिन हुन्छ । कोही निकै भावुक हुन्छन् । आफू बसेको ठाउँ छाड्न उनीहरूको मननै मान्दैनन् । उनीहरू अन्त कतै हैनन्, आफ्नै घरमा मर्न चाहन्छन् ।”
बीबीसीबाट ।

Comments

ताजा खबर