बधुवा श्रमिक राख्न नपाउने भन्दै कसैले राखे कारवाही गर्न निर्देशन

२०७९, २ श्रावण सोमबार १४:४७

काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवाले मुक्त कमैया, कमलरी, हरवा, चरुवा र हलिया श्रमिक राख्नेलाई कारवाही गर्न निर्देशन दिएका छन् । कमैया मुक्ति घोषणाको २२ वर्ष पुगेको अवसरमा बालुवाटारमा सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले कसैले पनि कमैया, हरवाचरुवा वा बधुवा श्रमिक राख्न नपाउने भन्दै कसैले राखे कारवाही गर्न निर्देशन दिएका हुन् ।

त्यस्तै उनले कमैया श्रम निषेध गर्ने सम्बन्धी ऐनलाई कडाइ पूर्वक लागू गर्न पनि निर्देशन दिए । हरवाचरुवा वा कमैयाको कुनै अवशेष बाँकी भएको भए दण्डनीय हुने उनको भनाई छ । प्रधानमन्त्री देउवाले हरवा चरुवालाई सामाजिक आर्थिक उन्नति र सम्मानजनक जीवन सुनिश्चित गर्नका लागि विशेष लक्षित कार्यक्रम ल्याउने उनले बताए ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले हालसम्म २७ हजार २१ मुक्त कमैया परिवारलाई जमिन र घर उपलब्ध गराएको जनाएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु