कर्मचारी सहभागी हुन नपाउने, भन्सार एजेन्टको अन्तवार्ता

२०७९, ४ असार शनिबार ०८:३७

काठमाडौं: भन्सार विभागले गत वैशाख १७ गते सञ्चालन गरेको एजेन्ट परीक्षामा कर्मचारीहरूले नाम निकालेको भन्दै अन्तवार्तामा कर्माचारीहरू सहभागी हुन नपाउने सूचना जारी गरेको छ। भन्सार विभागले एक सूचना जारी गर्दै बहालवाला कर्मचारी परीक्षामा सहभागी हुन नपाउने जानकारी दिएको हो।

अख्तियार दुरुपयोगमा बहालवाला कर्मचारीले दोहोरो सुविधा लिन लागेको भन्दै उजुरी परेपछि विभागले यो निर्णय गरेको हो। विभागले ६ सय ६० जनालाई भन्सार एजेन्ट नियुक्त गर्न लिइएको परीक्षा परीक्षामा ठूलो संख्यामा सरकारी कर्मचारीले नाम निकालेको भन्दै विरोध हुँदै आएको थियो ।


ताजा खबर

    सम्बन्धित शीर्षकहरु