पहिरोले पुरिएर तीन जनाको मृत्यु

२०७९, ४ असार शनिबार ०८:२९

काठमाडौं: ताप्लेजुङ र धादिङमा पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ । ताप्लेजुङको श्रीजंघा गाउँपालिका–७ ट्याम्फुमा बिहीबार राति गएको पहिरोले सोही ठाउँ बस्ने उद्योग अधिकारीको घर र गोठ पुर्दा दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेहरूमा उद्योग अधिकारीकी श्रीमती ५७ वर्षीया तुलसा अधिकारी र बुहारी ३४ वर्षीया यशोधा अधिकारी रहेका छन् ।

पहिरोमा पुरिएर घाइते भएका उद्योग अधिकारीका छोरा ५७ वर्षीय बिष्णु अधिकारीलाई उपचारको लागि नेपाली सेनाको हेलिकप्टरद्वारा कोशी अस्पताल विराटनगर मोरङ पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ, ईलाका प्रहरी कार्यालय तेल्लोक र प्रहरी चौकी खेवाङबाट खटिएको प्रहरीले आवश्यक उद्धार एवं अनुसन्धान गरिरहेको छ ।

धादिङको गंगाजमुना गाउँपालिका–७ गाँउ बस्ने ८३ वर्षीया धन माया सार्कीको गएराति पहिरोले पुरिएर मृत्यु भएको छ ।

उनको घर अविरल बर्षाको कारण भत्किँदा उनी पुरिएको थियो । सोही क्रममा उनको मृत्यु भएको हो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु