गैँडाकोट ११ मा नेकपा एमालेको प्यानल नै विजयी

२०७९, ४ जेष्ठ बुधबार १५:३६

गैँडाकोट : गैँडाकोट ११ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । वडा अध्यक्षमा गोविन्द सुवेदी निर्वाचित हुनुभएको छ । उहाँले ९ सय ९९ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिष्पर्धी शेषकान्त देवकोटाले ९०७ मत प्राप्त गर्नुभयो । वडा महिला सदस्यमा मधुकुमारी श्रेष्ठ, दलित महिला सदस्यमा कुमारी नेपाली र खुला सदस्यमा गुरुप्रसाद पौडेल र काशीराम महतो विजयी हुनुभएको छ ।
गैँडाकोट ११ संगै नेकपा एमालेले ६ वटा वडामा विजय प्राप्त गरेको छ । गैँडाकोटमा १ वडामा नेकपा माओवादी केन्द्र र ११ वडामा काँग्रेस विजयी भएको छ ।

Comments

ताजा खबर