अर्जुनधारा ४ को वडाध्यक्षमा कांग्रेसका कटुवाल निर्वाचित

२०७९, ४ जेष्ठ बुधबार १३:३७

झापा , अर्जुनधारा नगरपालिका वडा नं ४ को वडाध्यक्षमा नेपाली कांग्रेसका अम्बरबहादुृर कटुवाल निर्वाचित भएका छन् ।

केहीबेर अघि सम्पन्न मतगणना अनुसार १६६० मत ल्याई कटुवाल वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिष्पर्धी नेकपा एमालेका एकदेव खनालले १०७७ मत ल्याएका छन् । त्यस्तै सदस्यतर्फ दुईवटा खुल्ला सदस्य एमालेले जितेको छ भने अन्य दुईवटा कांग्रेसले जितेको छ ।

खुल्ला सदस्यमा एमालेका अमृतबहादुर बुढाथोकी १२४२ , जितबहादुर लिम्बू ११७३ मत ल्याई विजयी हुँदा महिला सदस्यमा कांग्रेसकी कोपिला थापा र दलित महिला सदस्यमा कांग्रेसकै सितादेवी विश्वकर्मा १८३० मत ल्याई निर्वाचित भएका छन् ।

Comments

ताजा खबर