बिर्तामोड वडा न. ९ मा एमालेको प्यानल निर्वाचित

२०७९, ४ जेष्ठ बुधबार १३:२१

झापा , बिर्तामोड नगरपालिकाको वडा न. ९ मा नेकपा एमालेको प्यानल नै निर्वाचित भएको छ ।

एमालेका हरिप्रसाद चौलागाई ९५८ मतसहित वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

उनका प्रतिद्वन्द्वी गठबन्धनका माओवादी उम्मेदवार मनप्रसाद सुब्बा लिम्बूले ८०१ मत प्राप्त गरे । त्यस्तै तेस्रो स्थानमा रहेका राप्रपाका कर्णबहादुर कार्कीले ३०५ मत ल्याए ।

त्यस्तै चारजना सदस्य पनि एमालेले जितेको छ । खुल्ला सदस्यमा केशव बुढाथोकी १०३८ , चन्द्रप्रसाद दंगाल १०२८ , महिला सदस्यमा सल्पना राजवंशी ११०८ र दलित महिला सदस्यमा संगीता सिवा १०५५ मत ल्याई निर्वाचित भएका छन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु