झापा , बिर्तामोड नगरपालिका वडा नं २ मा नेकपा एमालेको प्यानल नै निर्वाचित भएको छ ।
केहीबेर अघि सम्पन्न मतगणना अनुसार राप्रपाका शंकरप्रसाद रिजाललाई पराजित गरी एमालेका किशोर कुमार पौडेल वडाध्यक्षमा निर्वाचित भएका हुन् । पौडेलले २०२१ मत ल्याउँदा रिजालले १३६२ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका धर्मराज लक्सम्बाले १२३० मत ल्याएका छन् ।
त्यस्तै खुल्ला सदस्यमा एमालेका ओमनाथ गौतम १८२५ , चेतन बिमली १८४७ , महिला सदस्यमा तिला गौतम २०८१ र दलित महिला सदस्यमा सर्मिला त्रिखत्री २०२९ मत ल्याई विजयी भएका छन् । यसअघि एमालेले बिर्तामोड १ मा प्यानलै जितिसकेको छ ।