झापामा ४४ वडाको मतगणना सकियो, कुन दलको कति परिणाम ?

२०७९, ४ जेष्ठ बुधबार १०:३२

झापा,  बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतदान पछि अहिले देशैभर मतगणनाको कार्य जारी रहेको छ । झापामा पनि १५ पालिकाका १३१ वडाहरुमा नै यतिबेला मतगणना जारी रहेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।

झापामा अहिलेसम्म ४४ वटा वडाको मतगणना सकिएर अन्तिम परिणाम घोषणा भइसकेको छ । जसमा नेपाली काँग्रेसले २० वटा वडा जितेर पहिलो स्थानमा छ भने नेकपा एमालेले १५ वडा जितेर दोस्रो स्थानमा छ । त्यस्तै राप्रपाले झापामा अहिलेसम्म ३ वटा वडा जितेको छ भने माओवादी केन्द्रले दुई वटा वडा जितेको छ । झापामा स्वतन्त्र उम्मेद्वारहरु पनि वडामा विजयी भएका छन । झापाका तीन वटा वडामा स्वतन्त्र उम्मेद्वारहरुले नतिजा आफ्नो पक्षमा पारेका छन ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु