कचनकवलमा कांग्रेसको बहुमत ,अध्यक्षमा राजवंशी र उपाध्यक्षमा भट्टराई निर्वाचित

२०७९, ४ जेष्ठ बुधबार १०:२५

झापा , कचनकवल गाउँपालिकामा अध्यक्षसहित नेपाली कांग्रेसले पूर्ण बहुमत हासिल गरेको छ ।

गाउँपालिकाको ७ वटा वडामध्ये ६ वटामा प्यानलसहित कांग्रेसले अध्यक्ष जितेको हो । स्थानीय तहमा कांग्रेससंग गठबन्धन बनाएको नेकपा एमालेले एउटा वडासहित गाउँपालिका उपाध्यक्ष जितेको छ । गत निर्वाचनमा बहुमतमा रहेको राप्रपा भने बढारिएको छ । ११ हजार ४७७ मत ल्याई कांग्रेसका राजवंशी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी निवर्तमान अध्यक्ष राप्रपाका अन्जरा आलमले मात्र ६ हजार ६६७ मत ल्याए ।

त्यस्तै माओवादीका बुद्धिप्रसाद नेपालले ६६४ , जनता समाजवादी पार्टीका ज्ञानबहादुर राईले १०९ , लोकतान्त्रिक समाजवादी पार्टीका कर्णलाल राजवंशीले १०१ , नेकपा एकीकृत समाजवादी पार्टीका खेपचरण यादवले ५४ , जनमत पार्टीका वाकसिंह राजवंशीले २० र स्वतन्त्र उम्मेदवार विनोदकुमार खरेलले १८ मत ल्याएका छन् ।

त्यस्तै उपाध्यक्षमा एमालेका नवराज भट्टराई ८ हजार १४३ मतले निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी निवर्तमान उपाध्यक्ष राप्रपाका निमसरी राजवंशीले मात्र ६ हजार ८०१ म्त प्राप्त गरिन् । त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका हेलामती राजवंशीले १३७ र जनमत पार्टीका सरस्वती मुखियाले २५ मत ल्याएका छन् ।

वडाध्यक्षतर्फ वडा नं १ मा कांग्रेसका महावीर लिम्बू , २ मा एमालेका लेखनाथ खत्री , ३ मा कांग्रेसका ग्यास अजमल मिया , ४ मा कांग्रेसका नुरुजजमा मिया , ५ मा कांग्रेसका मोहम्मद नूर आलम , ६ मा कांग्रेसकै चिन्तामणि खरेल र ७ मा पनि कांग्रेसकै भरत राजवंशी निर्वाचित भएका छन् ।

Comments

ताजा खबर