हल्दिबारी गाउँपालिकामा राप्रपाको बहुमत, अध्यक्षमा पुनः रविन्द्र लिङदेन र उपाध्यक्षमा मैनाली निर्वाचित

२०७९, ४ जेष्ठ बुधबार ०९:२३

झापा,  राप्रपाले हल्दिबारी गाउँपालिकामा बहुमतका साथ विजयी हासिल गरेको छ ।

राप्रपाले गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित दुई वडा अध्यक्ष र ११ सदस्य जितेको छ । गाउँपालिकाको अध्यक्ष रविन्द्र लिङदेन पुनः निर्वाचित भएका छन् । उनी राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनका भाइ हुन् । उनले ६८५६ मत ल्याएका छन् ।

निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका डम्बरबहादुर गिरीलाई २१९० मतान्तरले पराजित गर्दै लिङदेन पुनः गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन्। एमालेका गिरी निवर्तमान गाउँपालिका उपाध्यक्ष हुन् । गिरीले ४६६६ मत ल्याए । त्यस्तै अध्यक्षका उम्मेदवार बनेका नेपाली काँग्रेसका तुलसीप्रसाद ओलीले २७५८ र माओवादी केन्द्रका भवानीप्रसाद दंगालले ११४९ मत ल्याएका छन् ।

त्यस्तै गाउँपालिका उपाध्यक्षमा राप्रपाकी लक्ष्मीदेवी मैनाली निर्वाचित भएकी छिन् । मैनालीले ५०७८ मत ल्याएकी छिन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका शान्ता देवी गौतमले ४१०६ मत ल्याएकी छिन् । माओवादी केन्द्रका टिकादेवी राउतले १४५३ र काँग्रेसबाट बागी स्वतन्त्र उम्मेदवार लखन हेमरमले ३७०० मत ल्याएका छन् ।

वडातर्फ हल्दिबारी– १ मा राप्रपाका प्यानलसहित देवीबहादुर थापा वडा अध्यक्षमा निर्वाचित भएका छन् । हल्दिबारी– ४ मा राप्रपाकै प्यानलसहित वडा अध्यक्षमा सन्तकुमार थापा निर्वाचित भएका छन् । हल्दिबारी– २ मा माओवादीका शुकलाल राजवंशी वडा अध्यक्षमा निर्वाचित भएका छन् ।

हल्दिबारी– ३ मा एमालेको प्यानलसहित वडा अध्यक्षमा विष्णुप्रसाद ओली निर्वाचित भएका छन् । हल्दिबारी– ५ मा काँग्रेसका खड्गबहादुर लावती वडा अध्यक्षमा निर्वाचित भएका छन् ।गत कार्यकालमा एमालेको बहुमत रहेको थियो भने राप्रपा अल्पमतमा रहेको थियो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु