झापा गाउँपालिका ४ को वडाध्यक्षमा कांग्रेसका ताहिर निर्वाचित

२०७९, ४ जेष्ठ बुधबार ०९:०३

झापा, झापा गाउँपालिका वडा नं ४ को वडाध्यक्षमा नेपाली कांग्रेसका मोहम्मद ताहिर निर्वाचित भएका छन् ।

निवर्तमान वडाध्यक्ष नेकपा एमालेका राजुजंग भारतीलाई पराजित गरी ताहिर विजयी भएका हुन् । ताहिरले ९५३ र भारतीले ८९४ मत ल्याएका छन् ।

त्यस्तै महिला सदस्यमा कांग्रेसकै अनिताकुमारी केसी ६३० र दलित महिला सदस्यमा कलावती हरिजन ७१५ मत ल्याएर विजयी भएका छन् । खुल्ला सदस्यमा भने एमालेले जितेको छ । एमालेका जलाल मिया ९४६ र मोहम्मद अमिन शेख ६१७ मत ल्याई विजयी भएका छन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु