नामावलीसहित ,झापाको ३५ वटा वडाको मतपरिणाम सार्वजनिक

२०७९, ४ जेष्ठ बुधबार ०८:१३

झापा , झापाका १३१ वटा वडामध्ये ३५ वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ ।

३५ वडामध्ये अधिकांश वडामा नेपाली कांग्रेसले जित हात पारेको छ । कही गठबन्धन कही एक्लै निर्वाचन लडेको कांग्रेसले १७ वटा वडामा वडाध्यक्ष जितेको हो ।

कांग्रेसपछि नेकपा एमालेले १२ वटा वडाको वडाध्यक्ष जितेको छ । त्यस्तै नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीले समान २–२ वटा वडा जितेका छन् ।

त्यस्तै नेकपा एकीकृत समाजवादीले एउटा वडा जितेको छ भने स्वतन्त्र उम्मेदवारहरुले एउटा सिंगो वडा जितेका छन् । २०७४ को गत निर्वाचनमा जितेका दल र तिनका उम्मेदवारहरुले धेरै ठाउँमा पराजय भोग्नुपरेको  छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु