प्रजातन्त्र दिवस : राष्ट्रपतिद्धारा ५ सय १ जना कैदीको कैद मिनाहा

२०७८, ६ फाल्गुन शुक्रबार १८:३७

काठमाडौँ ।  प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा ५ सय १ जना कैदीको कैद मिनाहा र १२ जना व्यक्तिहरुलाई सजाय माफी गरिएको छ।

फाइल फोटो

राष्ट्रपति कार्यालयले शुक्रबार एक विज्ञप्ती जारी गर्दै मुलुकी अपारध संहिता २०७४को दफा ४५को उपदफा(४) तथा बालबालिका सम्बन्धी ऐन, २०७५को दफा ३६को उपदफा(४) र फौजदारी कसूर नियमावली २०७६को नियम ३ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा शनिबार देखि लागू हुने गरी ५०१ जना कैदीहरुको भुक्तान हुन बाँकी कैद र मुलुकी फौजदारी कार्यविधि संहित २०७४को दफा १५९ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा १२ जना व्यक्तिहरुलाई फैसलमा बमोजिम सजाय माफी भएको राष्ट्रपति कार्यालयद्धारा जारी विज्ञप्तीमा भनिएको छ।


ताजा खबर

    सम्बन्धित शीर्षकहरु