जापानमा तीन वर्षपछि अन्तरराष्ट्रिय क्रुज जहाज सञ्चालनमा

२०७९, २ पुष शनिबार १८:३२

टोकियो । जापानमा तीन वर्षको अन्तरालमा अन्तरराष्ट्रिय क्रुज जहाज पुनःसञ्चालनमा आएको छ । कोरोना भाइरसको महामारी शुरु भएपछि ठप्प पारिएको अन्तरराष्ट्रिय क्रुज जहाज सेवा बिहिबारदेखि सुचार गरिएको हो । मिचुई ओ.एस.के. प्यासेञ्जर लाइन्स लिमिटेडले योकोहामा बन्दरबाहबाट हिन्द महासागरतर्फ जहाजको यात्रा शुरु गरेको छ ।

सन् २०२० को फेब्रुअरीमा योकोहामामा संक्रमित बोकेर डाइमन्ड प्रिन्सेस क्रुज जहाज पार्क गरिएपछि पर्यटन मन्त्रालयले अन्तरराष्ट्रिय क्रुज जहाजमाथि प्रतिबन्ध लगाएको थियो ।

जहाजमा क्रु मेम्बर र यात्रीहरु समेत गरेर ७०० भन्दा धेरै जना संक्रमित थिए भने १३ जनाको मृत्यु भएको थियो ।

आफूले यात्रीहरुले सवार हुनु अघि पीसीआर परीक्षण गर्नुपर्ने समेत कोरोना भाइरसको संक्रमण नियन्त्रणका कयौं उपायहरु अपनाएको निप्पोन मारुको सञ्चालकले बताएको छ । यात्राको क्रममा मरिसस र माडागास्कारमा रोकिने सो जहाज जनवरी ३१ मा योकोहामामा फर्किनेछ ।


ताजा खबर

    सम्बन्धित शीर्षकहरु