राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले खुवाउनेछन् नयाँ सांसदलाई शपथ

२०७९, २ पुष शनिबार १८:१८

काठमाडौँ– मंसिर ४ मा भएको निर्वाचनबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरुलाई राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले शपथ खुवाउने भएका छन्।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका १६५ र समानुपातिकबाट चुनिएका ११० सांसदहरुमा प्रतिनिधिसभाका सबैभन्दा ज्येष्ठ सदस्य केसीले सपथ खुवाउने भएका हुन्।

विक्रम संवत १९९८ माघ २० गते जन्मिएका केसी ८० बष पुरा भएका छन्। प्रतिनिधिसभाका अर्का सदस्य महिन्द्र राय यादवको नागरिकता अनुसार उनि ८५ बर्षका भएपनि उनले सपथ नखुवाउने भएका छन्। रायको नागरिकता अनुसार उनको जम्ममिति विक्रम संवत १९९४ बैशाख २४ गते छ।

उनि अहिले ८५ बर्ष पुगेका छन् तर नागरिकतामा भएको मिति भन्दा आफु ५ बर्ष कान्छो भएको भन्दै उनले सपथ नखुवाउने भएका हुन्।

केसी भन्दा केहि दिन र बर्षले मात्रै कान्छा सांसदहरुमा पशुपति शमशेर जवरा र महन्थ ठाकुर पनि छन्। जबरा विक्रम संवत १९९९ बैशाख २५ गते जन्मिएका हुन् उनि पनि ८० बर्षका छन्।

१९९९ बैशाख २४ गते जन्मिएका महन्थ ठाकुर पनि ८० बर्षका नै छन्। यसअघिको प्रतिनिधि सभामा महन्थ ठाकुरले निर्वाचित सदस्यहरुलाई सपथ खुवाएका थिए । उनी १९९९ साल २४ वैशाखमा जन्मिएका हुन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु