आज मध्येराती देखि स्थिर समय सुरुहुने

२०७९, १ मंसिर बिहीबार १६:५२

पाल्पा १, मङ्सिर ।
निर्वाचन आयोगले मंसिर ४ गते हुने संघीय चुनावको स्थिर समय मंसिर १ गते राति १२ बजेदेखि सुरु हुने बताएको छ । निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीका अनुसार मंसिर १ गते राति १२ बजेबाट स्थिर समय सुरु हुने भएको हो ।

यस समयमा चुनावी प्रचारप्रसार गर्न नपाइने उनले जानकारी दिए । केन्द्रीय आचारसंहिता अनुगमन समिति संयोजकसमेत रहेका भण्डारीले एक भिडियो सन्देशमार्फत् उक्त जानकारी दिएका हुन् ।
हेरौं स्थिर समयमा के गर्न मिल्छ ? के गर्न मिल्दैन ? 

Comments

ताजा खबर