प्रचण्डलाई गगन थापाको व्यंग्य : हामी बालुवाटारमा एउटा खुमलटारमा अर्को बोली बोल्दैनौं

२०७८, ५ फाल्गुन बिहीबार १६:०५

काठमाडौं  । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमसीसीमा आफ्नो पार्टी स्पष्ट रहेको बताएका छन् । वैदेशिक सहायता परियोजनालाई राजनीतिक एजेण्डा बनाएर आफ्नो अनुकूलतामा प्रयोग गर्ने काम कांग्रेसले नगर्ने उनको भनाइ छ ।

फाइल फोटो

प्रधानमन्त्री निवास बालुवाटारमा आफ्ना ससुरा अर्जुननरसिंह केसीको पुस्तक विमोचन समारोहमा बोल्दै थापाले भने, ‘कांग्रेसको नेतृत्वले खुट्टा कमाउनु हुँदैन । पार्टीको निर्वाचनको क्षण तत्क्षणको लाभहानी बिर्सेर भए पनि कांग्रेसले आफ्नो परिचय कायम राख्नुपर्छ ।’

नेपालको राष्ट्रिय हित रक्षाका लागि, नेपालको अन्तर्राष्ट्रिय विश्वसनीयताका निम्ति एउटा राजनीतिक दलले निर्वाह गर्नुपर्ने कर्तव्य कांग्रेसले निभाउने उनको भनाइ छ ।

‘कांग्रेस अरुजस्तो सरकारमा बस्दा एउटा पार्टीभित्र बस्दा एउटा, विहान एउटा बेलुका एउटा गर्दैन । बालुवाटारमा एउटा खुमलटारमा अर्को बोली फेरिराख्ने चरित्र नेपाली कांग्रेसले बोक्दैन,’ उनले भने ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु