एनआरएनए जापानले शुभकामना आदान -प्रदान तथा बोनेन खाई कार्यक्रम गर्दै ।

२०७९, १ पुष शुक्रबार २०:४४
 जापान । एनआरएनए जापानले अंग्रेजी नयाँबर्ष २०२३ को अवसरमा शुभकामना आदान -प्रदान तथा बोनेन खाई कार्यक्रम गर्ने एनआरएनए जापानले अंग्रेजी नयाँबर्ष २०२३ को अवसरमा शुभकामना आदान -प्रदान तथा बोनेन खाई(忘年会)कार्यक्रम गर्नेभएको छ ।
यही डिसेम्बर २६ तारिख साँझ ५ः३० बजेबाट जापानको राजधानी टोकियोको सिन्जुकु स्थित प्रिंच होटेलमा गरिने तय भएको एनआरएनए जापानका प्रवक्ता सुभास लामिछानेले जानकारी दिनुभयो । कार्यक्रममा,एनआरएनए जापानले एक वर्षभरी गरेका कामको जानकारी र आउदै गरेको नयाँ वर्ष सन २०२३ को शुभकामना आदान प्रदान साथै विभिन्न नेपाली सास्कृतिक कार्यक्रमबाट भरपुर मनोरंजन प्रदान गरिने जनाईएको छ ।
कार्यक्रममा सहभागीहरुलाई नेपालीपन झल्किने औपचारिक पोशाकमा उपस्थित भईदिनका लागि पनि अनुरोध गरिएको छ । कार्क्रममा सहभागी हुन चाहने ब्यक्तिहरुले २३ तारिक भित्र आफ्नो नाम टिपाईसक्नुपर्ने बताईएको छ ।
थप जानकारीका लागि । सुभाष लामिछाने (प्रबक्ता): 08041336105 (suvash830@gmail.com )मनोज श्रेष्ठ (सदस्य): 08037342841 ( Shresthamanoz0@gmail.com ) लाई सम्पर्क गर्न सकिने आयोजक ले बाटएको छ ।
Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु