दर्लममहाकाली र राम्दीलाई पर्यटकीय हबको रुपमा विकास गर्ने प्रतिवद्धता

२०७९, ३० कार्तिक बुधबार २१:४३

पाल्पा कार्तिक ३०/ पाल्पा सत्ता गठबन्धनका उम्मेदवारहरुले बगनासकालीको दर्लममहाकाली र राम्दीलाई पर्यटकीय हबको रुपमा विकास गर्ने बताएका छन् । उनीहरुले यहाँका ऐतिहासिक क्षेत्रहरुको विकास गरी धार्मिक र पर्यटकीय रुपमा विकास गर्ने प्रतिवद्धता जनाए  छन् ।
पाल्पा क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्यका उम्मेद्वार सोम प्रसाद पाण्डेयले  दर्लमडाँडाको दर्लममहाकाली मन्दिर, राम्दीको सिद्धगुफा, सुनगुफा लगायतका ऐतिहासिक गुफा र मन्दिरको महत्व काठमाण्डौंको पशुपति नाथसँग जोडिएको भन्दै त्यसै अनुरुपको गुरुयोजना बनाएर धार्मिक पर्यटकीय विकासमा लाग्ने बताए । बुधबार खानीछाप, दर्लमडाँडा, भालेवास, गुडुवाखोला, दर्लमडाँडाको दर्लम महाकाली, कोल्डाँडा, गरन्डाँडा लगायतको क्षेत्रमा आयोजित घरदैलो तथा सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । पाण्डेयले आफूले २०५२ सालमा बनाएको चिलाङ्दी राम्दी सडकको स्तरउन्नती र कालोपत्रे गर्ने काममा ठेकेदारले लापरवाही गरेकोले अर्को ठेकेदार परिवर्तन गरेर भएपनि दुई वर्षभित्र पिच गरेर छाड्ने प्रतिवद्धता जनाए । उनले आफूले पटक पटक बजेट व्यवस्थापन गरेको चिलाङदी–राम्दी सडकको स्तरउन्नती र पिच ठेकेदारको लापरवाहीले हुन नसकेको ठेक्का अर्कोलाई दिने गरी मन्त्रालय  र सम्बन्धित  क्षेत्रमा आफूले पहल गरिरहेको बताए । दर्लमकालिका मन्दिरलाई राम्दीको सिद्धगुफालाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गरी काठमाण्डौंको पशुपति र यहाँ जोड्ने काम आफूले नै सुरु गर्ने बताए । पूर्व उद्योग मन्त्री समेत रहेका पाण्डेयले कालिगण्डकी करिडोर क्षेत्रलाई व्यवस्थित गरेर कृषि र आयआर्जनमा लगाउने बताए । सिंचाई, खानेपानी, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा समेत काम गरेको भन्दै अब केही छुटफुट समस्या भएमा एकिकृत योजना बनाएर कार्यान्वय गरिने प्रविद्धता जनाए ।


प्रदेश सभा (२) १ का उम्मेदवार बीरबहादुर रानाले दलर्मडाँडा र खानीछापको विकासमा आफूले सक्दो पहल गरिरहको र अझै पनि आफूले यही क्षेत्रको हावापानीमा हुर्किएको भएर यहाँका जनताको सुख, दुखमा सदैव साथ र सहयोग गर्न तयार रहेको बताए । उनले आफू सिंचाई मन्त्री भएपछि यस क्षेत्रको सिंचाई, खानेपानी, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा काम गरेकोले अझै केही अपुग भएमा योजना बनाएर ल्याउन र त्यसलाई कार्यान्वयन गरेरै छाड्ने प्रतिवद्धता समेत जनाए । कार्यक्रममा नेपाली काँग्रेसका सचिव सुनिता अधिकारी, युवा नेता कृष्ण प्रसाद बस्याल, एकिकृत समाजवादीका जिल्ला अध्यक्ष खिमानन्द पाण्डेय, माओवादी केन्द्रका नेता खुम बहादुर विक लगायतले गठबन्धनको पक्षमा मत दिन र संविधान माथि भएको हस्तक्षेपको रक्षा गर्न गठबन्धनलाई विजयी बनाउनुपर्ने बताए ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु