प्राविधिक र सैद्धान्तिक ज्ञानको आवश्यता सम्बन्धमा “अभिमुखीकरण तथा अन्तर्क्रिया कार्यक्रम नागोयामा हुने

२०७९, ३२ असार शनिबार १७:११

नागोया/जापान । स्याङ्जा समाज जापान क्षेत्रीय समिती नागोयाले नागोया स्थित WINC Aichi मा अगस्ट २ तारिख विभिन्न सामाजिक संघ संस्थालाई लक्षित गरी संस्थामा प्राविधिक र सैद्धान्तिक ज्ञानको आवश्यकता सम्बन्धमा अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रमक गर्ने भएको छ । अभिमुखीकरणको प्रशिक्षकको रुपमा पत्रकार राजन गौतम र संचारकर्मी तथा एनआरएनए जापानका सचिव श्याम शितल रहने छन् । कार्यक्रममा संस्थामा प्राविधिक र सैद्धान्तिक ज्ञानको किन आवश्यता भन्ने विषयमा प्रशिक्षण तथा अन्तरक्रिया गरिने छ ।

कार्यक्रममा कुनै पनि संस्थाले औपचारिक तथा अनौपचारिक कार्यक्रमहरुको कार्यक्रम सेडीयुल बनाउदा , कार्यक्रम सन्चानल गर्दा ,लेटर तथा प्रेस बिज्ञप्ती तयार पार्दा आवश्यक पर्ने प्राविधिक र सैद्धान्तिक ज्ञान बारे प्रशिक्षण दिईने छ । कुनै पनि सामाजिक संस्थालाई मुर्त रुप दिनको लागि संस्थाको भिजन, कार्ययोजना, लिडरसिप, राम्रो टिमओर्क ,निस्वार्थ भावनाको साथै प्राबिधिक र सैद्धान्तिक ज्ञानको पनि अति आवश्यक पर्ने हुँदा यस्तो कार्यक्रमको आयोजना गरेको कार्यक्रम संयोजक तथा संस्थाका अध्यक्ष निशान रानाले जानकारी दिए ।

नागोया आसपासमा गठित संघ संस्थामा आबद्ध सवैमा कार्यक्रममा सहभागी हुनको लागि आयोजकले हार्दिक अनुरोध गरेको छ । साथै नागोयामा अगस्ट ३१ मा नेपालका बहु चर्चित राष्ट्रिय कलाकारहरुसंगै प्रदेशी गायक सुर्य खड्काको उपस्थितिमा “नागोया तीज फेस्टिवल “हुने भएकोले कामको बिदा मिलाउन सबैमा अनुरोध गरेका छन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु