धनाढ्य तथा माइक्रोसफ्टका संस्थापक बिल गेट्सले सम्पत्ति दान दिने

२०७९, ३२ असार शनिबार ०९:१८

काठमाडौँ: अर्बपति धनाढ्य तथा माइक्रोसफ्टका संस्थापक बिल गेट्सले सम्पत्ति दान दिने घोषणा गरेका छन्। गेट्सले अधिकांश सम्पत्ति दान दिएर विश्वका धनाढ्यको सूचीहरूबाट निस्किने योजना रहेको जनाएका छन् । आफ्नो परोपकारी कोषमा २० अरब डलर दान गर्ने घोषणा गरेपछि उनले सो कुरा बताएका हुन्।

गेट्सले पहिलो पटक सन् २०१० मा आफ्नो सम्पत्ति दिने वाचा गरेका थिए। उक्त घोषणापछि उनको कुल सम्पत्ति दोब्बर भन्दा बढी भएको छ।

फोर्ब्स म्यागजिनका अनुसार उनको हाल करिव १ सय १८ बिलियन डलर रहेको छ। २२ वर्षअघि सन् २००० मा उनले आफ्नी पूर्व पत्नीसँग मिलेर स्थापना गरेको परोपकारी कोष बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनलाई जुलाईमा दान गरेपछि गेट्सको सम्पति उल्लेख्य घट्ने छ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु