लिङ्गदेन नेतृत्वको राप्रपा पछि राप्रपा नेपालमै समाहित हुने-थापा

२०७९, ३ बैशाख शनिबार १८:३६

काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राजेन्द्र लिङ्गदेन नेतृत्वको राप्रपा पनि पछि राप्रपा नेपालमै समाहित हुने दाबी गरेका छन् ।
शनिवार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै थापाले स्थानीय तहको निर्वाचनबाट सम्मान जनक उपस्थिति हुने र पार्टी स्थापित गरेरै छाड्ने बताउदै केही समयपछि लिङ्गदेन नेतृत्वको राप्रपा पनि पछि राप्रपा नेपालमै समाहित हुने दाबी गरे ।

अध्यक्ष थापाले पार्टी नयाँ भएको र पार्टीलाई खुट्टा टेकाउनको लागि स्थानीय तहको निर्वाचनमा नेकपा एमालेसँग चुनावी तालमेल गरिएको बताए । पूर्व उपप्रधानमन्त्री समेत रहेका थापाले मत बदर हुन सक्ने भएकाले संयुक्त रुपमा सूर्य चिन्हबाटै चुनावमा जाने बताए ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको राष्ट्रियताप्रतिको अडान, स्थिरता र समृद्धिको पक्षमा रहेकाले एमालेसँग तालमेल गरिएको उहाले जानकारी दिए । थापाले प्रतिनिधिसभाको निर्वाचनमा भने पार्टीलाई राष्ट्रिय पार्टीको रुपमा स्थापित गराएरै छाड्ने जिकिर गरे ।

थापाले देशमा अब राजसंस्थाको आवश्यकता नरहेको र राप्रपा नेपालको एजेण्डा गणतन्त्रसहितको हिन्दुराष्ट्र रहेको बताए । उनले देशमा अब राजसंस्था आउँन नसक्ने ठकुवा गर्दै राजाले भित्री रुपमा गणतन्त्र स्वीकार गरेर ब्यवसायमा लागेको आरोप लगाए ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु