३५ घण्टाका लागि कर्फ्युको घोषणा

२०७८, २ चैत्र बुधबार ०५:४२

ऐजेन्सी: युक्रेनमाथि आक्रमण थालेको २० औँ दिनमा राजधानी किएभका मेयर भिटाली क्लित्स्कोले आज रातिबाट बिहीबार बिहानसम्म ३५ घण्टाका लागि कर्फ्यु लगाइने बताएका छन्। उनले अहिले किएभले खतरनाक र कठिन क्षणको सामना गरिरहेको पनि बताएका छन्। उनले मङ्गलवार बिहान आवासीय भवनहरूमा रुसी हवाई हमला हुँदा चारजनाको ज्यान गएको बताए। मानिसहरूलाई कर्फ्युका बेला घरमै बस्न वा बमबारीबाट जोगिनका लागि बनाइएका आश्रयस्थलमा बस्न उनले आह्वान गरेका छन्।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु