आजको संसदमा एमसीसी टेबुल नहुने, भोली थप निर्णय लिइने

२०७८, ४ फाल्गुन बुधबार १३:४९

आजको प्रतिनिधि सभाको बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) टेबुल नहुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भएको छलफलमा एमसीसी आज (बुधबार) पेश नगर्ने सहमति भएको हो ।

 

भोली बिहीबार सरकारमा सहभागी नेताहरुको बैठक बसेर थप निर्णय गरिने भएको छ । माओवादी केन्द्रले आज एमसिसी सम्झौता टेबुल भए सरकार छाड्ने चेतावनी दिएको थियो ।

Comments

ताजा खबर