प्रवाशी नेपाली मञ्च नागोयाको चौथों अधिवेशनको तयारी पुरा

२०७९, १ असार बुधबार ०९:२६

जापान । जापानमा नेकपा (एमाले) निकट प्रवाशी नेपाली मञ्च नागोयाको चौथों अधिवेशनको तयारी पुरा भएको बताइएको छ। कार्यक्रम सम्पन्न गर्नका लागि यस अघि नै सुवास रुपाखेति संयोजक, नरेश राई उप- संयोजक र कुमार अधिकारी सचिव सहित अन्य सदस्य रहने गरि अधिवेशन आयोजक समिति निर्माण भएको थियो।

अधिवेशन आगामी जुन २६ तारिक आईतवार नायोया स्टेशन बाट पैदल २ मिनेटमा पुग्ने 〒450-0002 , Room 101, 1st basement floor, 3-15-9 Meieki, Nakamura-ku, Nagoya मा दिनको २ बजे बाट शुरु हुने आयोजक समिति उप – संयोजक नरेश राईले बताए । अधिवेशनको लागि सबै प्रतिनिधीहरुलाई जानकारी गराई सकिएको र कार्यक्रममा अतिथि एवं प्रमुख अतिथिहरुलाई पत्राचार गरि निमन्त्रणा गरि सकिएको प्रवाशी नेपाली मञ्च नागोया चौथों अधिवेशन आयोजक समितिका सचिव कुमार अधिकारीले जानकारी गराए। कार्यक्रममा प्रमुख अतिथि नेपाली प्रवासी मञ्च पूर्वि एशिया क्षेत्रिय महादेशिय कमिटिका संयोजक डा सरोज कँडेल रहने बताइएको छ।

कृयाशिलताका कारण प्रवाशी नेपाली मञ्च,  नागोया क्षेत्रिय समिति केन्दिय समिति जापानमा नै चासो र चर्चामा रहने गरेको छ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु