सैन्य सम्झौता भएको छैन, प्राकृतिक विपत्तिमा सहयोग गर्ने

२०७९, १ असार बुधबार ०६:४२

काठमाडौँ: नेपालस्थित अमेरिकी दूतावासले नेपाल र अमेरिकाबीच सैन्य सम्झौता नभएको दाबी गरेको छ । मंगलबार सामाजिक सञ्जाल फेसबुकमा केही अनलाइन सञ्चारमाध्यममा प्रकाशित दस्ताबेज दाबी गरेको प्रति दूतावासले प्रस्टीकरण दिएको हो ।

अमेरिकाको नीतिअनुसार कुनै पनि देशलाई स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) मा सामेल हुन नभन्ने जनाएको छ । दूतावासको अनुसार कुनै देशबाट सैन्य माग भएको खण्डमा भने मागको सम्बोधन गर्ने बताएको छ ।

स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) अमेरिकी राज्यको नेशनल गार्ड तथा साझेदार विदेशी मुलुकबीचको एक आदानप्रदान कार्यक्रम रहेको जानकारी दिएको छ ।

अमेरिकी नेशनल गार्डले स्वदेशमा भूकम्प, बाढी र वन डढेलो जस्ता प्राकृतिक विपद्विरुद्ध जुध्नका लागि अमेरिकाका प्रथम उद्धारकर्ताहरूलाई सहयोग गर्ने बताएको छ ।

दूतावासको फेसबुकमा लेखिएको छ,’ २५ वर्षभन्दा लामो समयदेखि कायम रहँदै आएको एसपीपीमा ९० भन्दा बढी देशसँग ८० भन्दा बढी साझेदारीहरू समावेश छन् । तीमध्ये अधिकांश देशहरू यस क्षेत्रमा छैनन्। आँधीबेहरीदेखि भूकम्प, बाढी र डढेलोसम्मका प्राकृतिक तथा अन्य विपद्को अवस्थामा अमेरिका आफ्नो अग्रपङ्क्तिका उद्धारकर्ताका रूपमा रहेका नेशनल गार्डहरूको उत्कृष्ट अभ्यासको अनुभव तथा क्षमता साटासाट गर्न चाहन्छ। यस प्रकारको सहकार्यको सहजीकरणका लागि एसपीपी प्रभावकारी माध्यम हो।’


ताजा खबर

    सम्बन्धित शीर्षकहरु