बिर्तामोड नगरपालिकाको मतगणना सुचारु ,एमालेलाई २९९ मतको अग्रता

२०७९, १ जेष्ठ आईतवार २१:३७

बिर्तामोड , अवरुद्ध भएर सुचारु भएको बिर्तामोड नगरपालिकाको मतगणनामा नेकपा एमालेले अग्रता कायम राखेको छ ।पछिल्लो मतपरिणाम अनुसार वडा नं १ को २०५१ मत गन्दा
मेयरमा एमालेले ९६९, नेपाली कांग्रेसले ६७० र राप्रपाले १८८ मत पाएको छ । त्यस्तै उपमेयरमा एमालेले ९४५ ,माओवादीले ४०४ र राप्रपाले २५४ मत ल्याएको छ । त्यसैगरी वडाध्यक्षमा एमालेले ९०२ , कांग्रेसले ७३० र राप्रपाले १९३ मत ल्याएको छ । गएरातिदेखि अवरुद्ध भएको मतगणना केहीबेर अघिबाट सुचारु भएको हो ।


ताजा खबर

    सम्बन्धित शीर्षकहरु