एमालेलाई कसैको बैशाखी टेक्नु पर्दैन : केपी ओली

२०७८, १ चैत्र मंगलवार १६:३६

काठमाडौं: प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी स्थानीय तह निर्वाचनमा कम्तिमा ६० प्रतिशत स्थानीय तहमा आफ्नो पार्टीले जित्ने दाबी गरेका छन्।

मंगलबार काठमाडौंमा आयोजित अखिल नेपाल महिला संघको सातौँ राष्ट्रिय सम्मेलन आयोजक कमिटीको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनमा ६० देखि ७० प्रतिशत स्थानीय तहमा एमालेले जित्ने दाबी गरेका हुन् । उनले एमालेलाई निर्वाचन जित्नका लागि कसैको बैशाखी टेक्नु नपर्ने पनि दोहोर्याए।

अध्यक्ष ओलीले आफूहरु प्रतिस्पर्धात्मक बहुदलीय व्यवस्थामा रहेकाले प्रतिस्पर्धा गर्न तयार रहेको उल्लेख गरे । अध्यक्ष ओलीले चुनावी प्रतिस्पर्धा स्वस्थ गर्नुपर्ने पनि बताए ।

अध्यक्ष ओलीले नेपालको राजनीति प्रतिगामी शक्ति र जनादेश चाहने शक्तिबीचको दुई ध्रुवमा रहेको बताए । उनले सत्तारुढ पाँच दलीय गठबन्धनले प्रतिगामी शक्तिको प्रतिनिधित्व गर्ने उल्लेख गरे ।

अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचनअघि अखिल नेपाल महिला संघको सदस्य संख्या १० लाख पुर्याउनुपर्ने बताए । पार्टीको नीति, निर्णय र निर्देशनको पालना गर्दै गाउँ र टोल कमिटीसम्म संगठन विस्तार गर्न उनले निर्देशन दिए । उनले नेकपा (एमाले)मा पार्टी प्रवेशको लहर चलेको पनि बताए।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु