आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

२०७८, १ चैत्र मंगलवार १५:४७

काठमाडौं: आज नेप्से परिसूचक १७ दशमलव १५ अंकले घटेर २,६५० दशमलव ९७ को विन्दुमा कायम भएको छ । आज ५२ कम्पनीको शेयर मुल्य बढेको छ भने १३० वटा कम्पनकिो शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै इमर्जिङ नेपालका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका हुन् । सगरमाथा इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ६ दशमलव ६४ प्रतिशतका दरले कमाएका छन् । सोल्टी होटलका लगानीकर्ताले ६ दशमलव ५१ प्रतिशतका दरले कमाएका छन् ।

नेपाल टेलिकमका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ५ दशमलव १३ प्रतिशतका दरले गुमाएका हुन् ।

Comments

ताजा खबर