नेप्से परिसूचक १७ अंकले घट्दा ३ अर्ब ३६ करोडमाथिको शेयर कारोबार

२०७८, १ चैत्र मंगलवार १५:३७

काठमाडौं: आज शेयर बजार नेप्से परिसूचक १७ दशमलव १५ अंकले घटेर २,६५० दशमलव ९७ को विन्दुमा कायम भएको छ । आज ५२ कम्पनीको शेयर मुल्य बढेको छ भने १३० वटा कम्पनकिो शेयर मुल्य घटेको छ । आज होटल एण्ड टुरिजम विकास बैंक, हाइड्रोपावर, फाइनान्स, उत्पादनमुलक माइक्रोफाइनान्स र इन्भेष्टमेन्ट र अन्य उपसूचक घटेका छन् ।

आज २२९ कम्पनीको ६५ करोड २९ लाख ०२६ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ३६ करोड ४२ लाख २९ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल टेलिकमको कारोबार भएको छ । कम्पनीको ३४ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, अपि पावर कम्पनीको १२ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ११ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको १० करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै इमर्जिङ नेपालका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका हुन् । सगरमाथा इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ६ दशमलव ६४ प्रतिशतका दरले कमाएका छन् । सोल्टी होटलका लगानीकर्ताले ६ दशमलव ५१ प्रतिशतका दरले कमाएका छन् ।

नेपाल टेलिकमका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ५ दशमलव १३ प्रतिशतका दरले गुमाएका हुन् ।

Comments

ताजा खबर