९ वर्षीया बालिका लाई कुखुराको फर्ममा बलात्कार

२०७८, १ चैत्र मंगलवार १५:२३

उदयपुर: उदयपुरमा ९ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बेलका नगरपालिका–५ घुम्ने लालिगुरास टोल बस्ने ४५ वर्षीय गणेश खत्रीलाई सोमबार साँझ पक्राउ गरेको छ ।

खत्रीले ती बालिकालाई प्रलोभनमा पारी कुखुराको फर्ममा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु