‘हराएको मुस्कान’ सार्वजनिक

२०७८, १ चैत्र मंगलवार ०६:०३

काठमाडौं: गायिका तथा लेखिका स्मिता घिमिरेको पहिलो उपन्यास ‘हराएको मुस्कान’ सार्वजनिक गरिएको छ । राजधानी काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पुस्तक सार्वजनिक गरिएको हो ।

पुस्तक सार्वजनिक कार्यक्रममा विभिन्न व्यक्तित्वलाई सम्मान पनि गरियो । कार्यक्रममा स्मिता घिमिरेको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको थियो ।

‘हराएको मुस्कान’ लोकार्पण तथा सम्मान समारोहमा विभिन्न क्षेत्रका १३ जनालाई सम्मान गरियो । सम्मान हुनेहरूमा स्व. तारानाथ शर्मा, विष्णु प्रभात, दीपक जंगम, कमल कोइराला, नवराज सुवेदी, कुन्ती मोक्तान, बलराम अर्याल, मनिषा कोइराला, उन्नति बोहोरा शिला, रमना श्रेष्ठ, बेन्जु सरोज श्रेष्ठ, डा.प्रकाश सायमी, डा.सुदीप श्रेष्ठ रहनुभएको थियो ।

‘हराएको मुस्कान’ लोकार्पण समारोहमा बटुकहरूबाट बेदोचरण गर्दै सम्मानित व्यक्तित्वहरूको हातबाट पुस्तक सार्वजनिक गरिएको थियो । कार्यक्रममा बोल्दै प्राज्ञ विष्णु प्रभातले पुस्तकको समीक्षा गर्नुभएको थियो । राजाराम फुयाँलले सम्पादन गरेको पुस्तकमा उपन्यासमा लेखिका स्वयं आफैं म पात्र भएर प्रस्तुत हुनुभएको थियो । कार्यक्रममा बोल्दै अभिनेत्री मनिषा कोइरालाले लेखिकाप्रति आफूले प्राउड गरेको र जति समस्यामा पनि हाँसी रहने भन्दै प्रसंशा गर्नुभयो ।

क्यान्सर रोगबाट पीडित कोइरालाले क्यान्सर लाग्दैमा डराइहाल्नु नपर्ने बताउनुभयो । लेखिका घिमिरे पनि क्यान्सरबाट पीडित हुनुभएको थियो । हाले आफ्नो आमाको नाममा ट्रष्ट खोलेर पीडितहरूको उपचार गराइरहनु भएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु