ललितपुर र भक्तपुर दुर्घटनामा २ जनाको मृत्यु

२०७८, ३ फाल्गुन मंगलवार १०:१०

काठमाडौं । ललितपुर र भक्तपुरमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

ललितपुरको बागडोल र भक्तपुरको च्यामासिंहमा सोमबार राति भएका दुर्घटनामा एक-एक जनाको मृत्यु भएको हो ।

ललितपुरको बागडोलमा प्रदेश २-०३० प ९४८३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको रेलिङमा ठोक्किंदा मोटरसाइकल चालक बाँकेका ३० वर्षीय गणेश कुमार थारुको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका उनको उपचारको क्रममा पाटन अस्पतालमा राति साढे ११ बजे मृत्यु भएको हो ।

मोटरसाइकलको पछाडि सवार कैलालीका ३० वर्षीय इन्द्र भण्डारी घाइते भएका छन् । उनको पाटन अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु