सामुदायिक लघुवित्तको नाफासँगै बढ्यो इपीएस

२०७८, ३ फाल्गुन मंगलवार ०९:५४
काठमाडौं : चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा सामुदायिक लघुवित्त को नाफासँगै इपीएसमा आकर्षक सुधार आएको छ । यसअवधिमा खुद नाफा ४६१.८८% ले बढेर २ करोड ५८ लाख ७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ४५ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेकाले खुद नाफा बढ्न सहयोग पुगेको हो ।
गत वर्ष ५२ लाख ३० हजार रुपैयाँ सञ्चालन नोक्सानमा रहेको यस कम्पनीले यो वर्ष ३ करोड ९७ लाख ४० हजार रुपैयाँ सञ्चालन नाफा कमाएको छ । खुद ब्याज आम्दानी १२.८६% ले बढेर ६ करोड १ लाख ५९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसले ५ करोड ३३ लाख ४ हजार रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो ।
पुस मसान्तसम्म आइपुग्दा सामुदायिक लघुवित्तको खुद नाफा बढेसँगै प्रतिसेयर आम्दानीमा पनि आकर्षक वृद्धि भएको छ । प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ४१ पैसाले बढेर ३९ रुपैयाँ १ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १६९ रुपैयाँ ८८ पैसा छ ।
Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु