दोस्रो त्रैमाससम्म आइपुग्दा शिव श्री हाइड्रोपावरको यस्तो छ वित्तीय अवस्था

२०७८, ३ फाल्गुन मंगलवार ०९:४४
काठमाडौं : चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा शिव श्री हाइड्रोपावर १८ करोड ३ लाख ४८ हजार रुपैयाँ नोक्सानमा रहेको छ । कम्पनी असोज मसान्तसम्ममा पनि १० करोड ३३ लाख रुपैयाँ नोक्सानमा रहेको थियो । पुस मसान्तसम्म आइपुग्दा कम्पनीले विद्युत् बिक्रीमार्फत भने १३ करोड १३ लाख रुपैयाँ आम्दानी गरेको छ । यता, कम्पनीले दोस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले योजनाअनुसार नै काम गर्न सफल भएको जनाएको छ ।
शिव श्री हाइड्रोपावरबाट सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाउँपालिकामा निर्माण गरेको माथिल्लो चाकु ए जलविद्युत् आयोजना (२२.२ मे.वा) ले जेठ १ गतेदेखि विद्युत् उत्पादन गर्न थालेको हो । हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ४७ करोड रुपैयाँ र जगेडा कोष १६ करोड १९ लाख रुपैयाँ ऋणात्मक छ । यसअवधिमा यसले ९ करोड ५६ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको छ । प्रतिसेयर आम्दानी वार्षिक २४ रुपैयाा ४३ पैसा ऋणात्मक रहेको यसको प्रतिसेयर नेटवर्थ ८९ रुपैयाँ ०३ पैसा छ ।
Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु