पाल्पा, १ माघ । पछिल्लो २४ घण्टामा थप ४ हजार ६ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९ लाख ५० हजार २४५ जना पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ४ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ६ सय १७ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ५ सय ८४ जना रहेको छ ।