रवि विरुद्ध सर्वाेच्च अदालतमा मुद्दा दर्ता

२०७९, २८ मंसिर बुधबार १७:१७

काठमाडाैँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम चितवन- २ बाट प्रतिनिधिसभामा निर्वाचित रवि लामिछानेविरुद्ध सर्वाेच्च अदालतमा मुद्दा दर्ता भएकाे छ।

युवराज सफल र एकजना अर्को व्यक्तिले रविविरुद्ध मुद्दा पेस गरेकाे सर्वाेच्च अदालतका प्रवक्ता विमल पाैडेलले देश सञ्चारलाई जानकारी दिए।

प्रवक्ता पाैडेलका अनुसार उनीहरूले रविलाई राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिबाट हटाउन र सांसद पद खारेज गर्न माग गरेका छन्।

संवैधानिक इजलासमा पेसी ताेकिएकाे छ। पुस ६ गतेका लागि पेसी ताेकिएकाे पाैडेलले जानकारी दिए।

Comments

ताजा खबर