आफूलाई लागेकाे जरिवाना मिनाहा गर्न बालेनले दिए निर्वाचन आयोगमा निवेदन

२०७९, २८ मंसिर बुधबार १७:१४

काठमाडौँ- काठमाडौं महानगरपालिकामा मेयर बालेन्द्र शाहले आफूमाथि गरिएकाे जरिवाना मिनाहा गरिदिन निर्वाचन आयाेगमा निवेदन दिएका छन् ।

स्थानीय तह निर्वाचनमा मेयरका उम्मेद्वार शाहले ताेकिएकाे ३० दिनभित्रमा खर्च विवरण नुबझाएपछि आयाेगले उनलाई साढे सात लाख रूपैयाँ जरिवाना ताेकेकाे थियाे ।

जरिवाना ६ महिनाभित्र नबुझाएमा बालेनकाे मेयर पद जानेछ । मेयर शाहले बुधबार आफूमाथि लागेकाे जरिवाना मिनाहा गरिदिन भन्दै निर्वाचन आयोगमा निवेदन दिएका हुन्।

स्वतन्त्र उम्मेदवार शाहले चामत्कारिक मत हासिल गर्दै गत स्थानीय निर्वाचनमा मेयर पदमा विजय हासिल गरेका थिए।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु