फुनावासीमा नेपाली पसल खुल्यो (फोटो)

२०७९, २८ मंसिर बुधबार १७:०४

जापानको चिवा क्षेत्रमा बसोवास गर्ने नेपालीहरूलाई टिपिकल नेपाली खाध्य सामाग्री संगै विविध सेवा पुर्याउने ळक्ष्य सहित आवर मार्ट फुनावासी विधिवत उदघाटन गरिएको छ। आईतबार एक समारोहका बीच एनआरएनए आईसिसि उपमहासचिव तथा जापान मनि एक्सप्रेसका अध्यक्ष ओम गुरूङ, नेपाल आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष संजिव चाम्लिगं राई, कास्की पोखरा समाजका अध्यक्ष विश्व सुवेदी, एनआरएनए चिवाका उपाध्यक्ष राजन भट्टराई विकी, सचिव शंकर सुवेदी लगायतले रिवन काटेर समुदघाटन गर्नुभयो।

समारोहमा फुनावासी क्षेत्रमा बसोवास गर्ने नेपालीहरूको समेत सहभागिता रहेको थियो। फुनावासीमा करिव एक दशकयता वसोवास गर्दै आएका सुमित्रा राई र चेतबहादुर थापा मगरको संयुक्त प्रयासमा मार्टको सुरूगरिएको सो अवसरमा जानकारी गराईएको थियो।

जापान मनि एक्सप्रेस जेएमईको शाखा कार्यालय भएकै स्थानमा मार्टले आफ्नो सेवा सुचारू गरेको हो। जेएमईबाट प्रदान गरिने रेमिटयान्स सहित नेपाली स्वादका विविध खाध्य सामाग्री र नेपालीहरूलाई आवश्यक पर्ने सम्पूर्ण सेवाहरू प्रदान गर्ने संचालिका सुमित्रा राईले जानकारी दिनुभयो।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु