दुई सातादेखि विचाराधीन नागरिकता संशोधन विधेयक संसद्मै फिर्ता भएको छ । संसद्का दुवै सदनबाट बहुमतले पारित उक्त विधेयकलाई प्रमाणीकरण नगरीकन फिर्ता भएको हो ।
राष्ट्रपति कार्यालयले जारी गरेको वक्तव्यमा ” संघीय संसद्बाट पुनर्विचार हुन आवश्यक देखिएकोले नेपालको संविधानको धारा ११३ को उपधारा (३) बमोजिम सन्देशसहित यो विधेयक सम्माननीय राष्ट्रपतिज्यूले प्रतिनिधिसभामा फिर्ता पठाउनु भएको छ।” भनिएको छ ।
Comments