संघीय संरचनाका बारेमा अनुमानको भरमा टिप्पणी बन्द गर्नुपर्ने

२०७९, ३१ जेष्ठ मंगलवार १६:३३

काठमाडौँ: वागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले नेपालको संघीय संरचनाबारे अनावश्यक टिप्पणी नगर्न विज्ञहरुलाई आग्रह गरेका छन् । मंगलबार वाग्मती प्रदेश सरकारको उद्योग, पर्यटन तथा वातावरण समितिले आयोजना गरेको लैङ्गिक तथा सामाजिक समावेशीकरण विषयक कार्यक्रममा बोल्दै सभामुख श्रेष्ठले यस्तो आग्रह गरेका हुन् ।
उनले संघीय संरचनाबारे कसैले पनि विस्तृत र गहन अध्ययन नगरेको भन्दै संघीय संरचनाका बारेमा अनुमानको भरमा टिप्पणी बन्द गर्नुपर्ने बताए । सभामुख श्रेष्ठले सरकारले गरेको कामको प्रभावकारिताको मूल्यांकन गरेर अघि बढ्दा नै आगामी दिन र पुस्तालाई सहयोग पुग्ने बताए । सभामुख श्रेष्ठले वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटपछि प्रदेश सरकारले गरेको कामको समीक्षा गर्ने पनि बताए । प्रदेश सरकारले गरिरहेका कामको समीक्षा हुन आवश्यक रहेको पनि उनले स्पष्ट पारे ।

‘पार्लियामेन्टले अहिलेसम्म कार्यान्वयनका सन्दर्भमा, संघीयताको सन्दर्भमा संघीयता सफल छ कि छैन ? कार्यान्वयनको तहमा कत्तिको प्रभावकारी छ त भनेर अध्ययन हुन सकेको छैन । हचुवाको भरमा संघीयता फेल भयो, संघीयता पास भयो भन्ने कुरा होइन, बजेटको कुरादेखि सबैमा प्रभावकारिताको मूल्यांकन गरेर अघि बढ्नुपर्छ । यसले भोलिका दिनमा आउने पुस्ता र पार्लियामेन्टलाई शिक्षाको विषयवस्तु बन्नेछ । हामी वाग्मती सरकारको तर्फबाट पनि प्रदेशको काम के कति भयो भन्ने बारेमा बजेट सकिएपछि छलफल गर्ने कुरा भएको छ । हामीले गरिरहेको कामहरुको समीक्षा हुन जरुरी छ,’ उनले भने ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु