नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को कारोबार आज दिनभरीका लागि बन्द रहने भएको छ।
दिउसो १२:५३ पछी ब्रोकरको डाटा सेन्टरमा समस्या देखिए पश्च्यात बन्द गरिएको शेयर बजार समस्या समाधान हुन नसक्दा बाँकी समय थप नगरी बन्द गर्न लागिएको हो।
प्राविधिक कारणले गर्दा आएको समस्याका कारण आज फाल्गुन ३० गतेको कारोबार बन्द गरिएको छ र आज बाँकी रहेको कारोबार समयको लागि के गर्ने भन्ने कुरा बारे नेप्सेले आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन।