जन्ती बाेकेकाे टिपर दुर्घटना हुँदा दुई जनाकाे मृत्यु

२०७८, ३० फाल्गुन सोमबार १३:०८

सिन्धुली । सिन्धुलीमा जन्ती बोकेको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

सांकेतिक फाइल फोटो
मृत्यु हुनेहरूमा उदयपुर कटारी नगरपालिकाका २४ वर्षीय अजय दनवार र १९ वर्षीय दिपेन्द्र कुँवर रहेका छन् । हिजाे राति दुधौली नगरपालिका-५ स्थित ठाकुरखोलाको तीन नम्बर पुलमा बाडेगाउँबाट बेहुली लिई उदयपुरको कटारी जाँदै गरेको ना ३ ख ७४९० नम्बरको टिपर दुर्घटना भएको थियाे ।

टिपरमा चालकसहित २८ जना सवार थिए । बेहुला-बेहुली भने अर्कै गाडीमा रहेकाे प्रहरीले जनाएकाे छ । दुर्घटनामा परी गम्भीर भएका ६ जनामध्ये दुईकाे उपचारकै क्रममा मृत्यु भएकाे हाे । प्रहरीका अनुसार बाँकी चार जनाकाे अवस्था अझै गम्भीर रहेकाे छ। १० जना घाइतेकाे सामान्य उपचारपछि डिस्चार्ज भएकाे छ भने अन्यकाे विभिन्न स्थानका अस्पतालमा उपचार भइरहेकाे छ । प्रहरीले घटनाकाे बारेमा थप अनुसन्धान गरिरहेकाे छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु