भीम रावलले आज पत्रकार सम्मेलन गर्दै

२०७९, २७ आश्विन बिहीबार १०:१३

नेकपा एमालेका नेता डा. भीम रावलले पत्रकार सम्मेलन गर्दै छन् । मङ्सिर ४ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा जिल्लाबाट एकल सिफारिस भए पनि पार्टीले टिकट नदिएपछि रावल असन्तुष्ट रहेका छन् ।

फाइल फोटो

निर्वाचनमा आफूलाई टिकट नदिएको बारेमा समय आएपछि बताउने जिकिर गरेका डा. रावलले आज पत्रकार सम्मेलन गरी त्यसबारे जानकारी गराउन लागेका हुन् । पार्टीले टिकट नदिएपछि अर्का नेता घनश्याम भुसालले भने पार्टी नै परित्याग गरी स्वतन्त्र उम्मेदवार बनिसकेका छन् ।

 

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु