जेठ १ गतेबाट बुद्ध एयरले रात्रिकालीन उडान पनि गर्ने

२०७९, ३० बैशाख शुक्रबार ०७:१९

आगामी जेठ १ गतेदेखि बुद्ध एयरले रात्रिकालीन उडान गर्ने भएको छ। तत्कालका लागि जनकपुर, नेपालगञ्ज, विराटनगर, भैरहवा, भद्रपुर र सिमरामा रात्रिकालीन उडान गर्न लागेको हो बुद्ध एयरले जनाएकाे छ। उडान राति ८ बजेदेखि हुनेछ।

रात्रिकालीन उडान दैनिक कामकाजमा व्यस्त यात्रुहरूका लागि निकै आकर्षक हुने बुद्धले जनाएको छ। बिहान र दिउँसोको तुलनामा सहज, सरल र सस्तो पनि हुने कम्पनीको विश्वास छ।

कम्पनीले रात्रिकालीन उडान हुने गन्तव्यहरूमा सार्वजनिक यातायातको सुविधाका लागि प्रदेश र स्थानीय सरकारलाई अनुरोध गरेको बताएको छ। यात्रुहरूको आवतजावतले स्थानीयस्तरमै रोजगार सिर्जना हुने र राजस्व वृद्धिमा पनि भूमिका खेल्ने विश्वास बुद्ध एयरको छ।

बुद्ध एयरले काठमाडौंमा ‘टुटल’सँग समन्वय गरी रात्रिकालीन उडानका लागि ट्याक्सीमा आकर्षक छुटको अफर पनि ल्याउन लागेको विज्ञप्तिमार्फत जनाएको छ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु