आँधीपछिको बाढी–पहिरोका कारण फिलिपिन्समा मृत्यु हुनेको संख्या ५० नाघ्यो

२०७८, ३० चैत्र बुधबार १४:१२

आँधीपछि आएको बाढी तथा पहिरोका कारण फिलिपिन्समा मृत्यु हुनेको संख्या ५० नाघेको छ । मेगी आँधीका कारण फिलिपिन्सको जनजीवन प्रभावित भएको छ ।

सो आँधीका कारण आएको बाढी तथा पहिरोमा परेर कम्तीमा ५३ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । उद्धारकर्मीहरु अहिले पनि देशको पूर्वी र दक्षिणी तटीय क्षेत्रमा उद्धार तथा राहतका लागि खटिइरहेका छन् ।

मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । स्थानीय रुपमा एगातोन भनिने मेगी गएको आइतबार फिलिपिन्सको तटीय क्षेत्रमा ठोक्किएको थियो ।

यो वर्ष फिलिपिन्समा पहिलोपटक यस्तो आँधी आएको हो । वर्षको औसतमा २० वटा ट्रपिल स्ट्रोम फिलिपिन्समा आउने गरेको छ । आँधीबाट जोगिनका लागि १३ हजार भन्दा बढी मानिस सुरक्षित स्थानमा गएका छन्।

भारी वर्षा र तीव्र गतिको हावाका कारण विद्युत आपूर्ति बन्द भएको छ भने घरमा बाढी पसेको छ । यस्तै लेदोसहितको पहिरोले गाउँको जनजीवन प्रभावित भएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु